Popular Posts

Saturday, September 29, 2018

Messi बिनाको खेल Draw भएको छ। Barcelona1-1 Athleticभएको छ।

Football
आज मेस्सी पहिलो हाफ मा खेल मा थिएनन् र sauraze पनि थिएनन् ।
Athletic र बार्सिलोना को बरबरी भएको थियो।
आज भएको game मा।

Thursday, September 27, 2018

Rabi oad ले अपील गरे vote को लागि सुदूर पश्चिम बासीलाई।आज ८:३० बाट voting line खुलला हुने छ।

धनगढी,कैलाली
अशोज११
अब सुदुरपशिम बासी तथा मलाई  माया गर्नेहरुले आफुले आफु लाई साबित गर्ने दिन आएको छ । र मेरो  प्रतीभा लाई सम्मन तथा कदर गर्ने दिन आएको छ । तपाईंहरुको एउटा भोटले गर्दा हामी सम्पूर्ण सुदुरपशिम बासी हरुको शिर ठाडो हुन्छ भने हामीले किन नगर्ने । आज राति ८:३० देखि भोटिङ राउन्ड सुरु हुदैछ। भोट गर्न मोबाइलको Message Box मा गएर १० टाईप गरि ३१००९ पठाइदिनुहोला ।
त्यसैगरि देश-बिदेशमा बस्नुहुने र मलाई माया गर्नुहुने आदर्णीय सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले #RESPECT_AND_RISE APPS डाउनलो गरि त्यसमार्फत असिमित भोट गरिदिनहुन हार्दिक अनुरोध छ । voting आज राति ८:३० देखि भोलि बिहान ११:५९ सम्म खुला रहने छ । NCELL र SMART कुनै पनि सिम बाट असिमित भोट गर्न सकिनेछ। त्यसैले बढि भन्दा बढि गरिदिनहुन होला ।

Tuesday, September 25, 2018

फिफा उत्कृष्ट खेलाडी अवार्ड : मेस्सीको भोट रोनाल्डोलाई, रोनाल्डोले कसलाई दिए ?



काठमाडौं, असोज ९
विश्व फुटबलमा पछिल्लो १० वर्षसम्म फिफाको उत्कृष्ट वर्ष खेलाडीको अवार्डमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनाका लिओनल मेस्सीले एकछत्र राज गरे । तर, यसपटक भने रोनाल्डो र मेस्सीको युगमा ब्रेक लागेको छ ।
यसपटक क्रोएसियाका लुका मोड्रिकले रोनाल्डो र मेस्सीलाई पन्छाउँदै फिफा वर्ष खेलाडीको अवार्ड उचाले । जसमा टप–३ मा मोड्रिकले रोनाल्डो र इजिप्टका मोहमद सालाहलाई पछि पार्दै अवार्ड जिते ।
यता, मेस्सी भने यसपटक टप–३ मै परेका थिएनन् । पाँचपटक फिफा वर्ष खेलाडी बनिसकेका मेस्सी यसपटक सन् २००६ पछि पहिलोपटक टप–३ मा पर्न असफल रहे ।
सन् २००७ मा ब्राजिलियन काकाले जितेयता यो अवार्ड रोनाल्डो र मेस्सीले समान ५–५ पटक जितेका छन् । यतिसम्म कि, युइएफए अवार्डमा आन्द्रे इनिएस्टा र फ्राङ्क रिबेरी आउँदा पनि फिफामा रोनाल्डो वा मेस्सीले अवार्ड जित्दै आए ।
कसको भोट कसलाई ?
यसपटक आफू टप–३ मा नपरे पनि राष्ट्रिय टोलीको कप्तानका हैसियामा मेस्सी र रोनाल्डो दुवैले उत्कृष्ट खेलाडीका लागि भोट गरेका छन् । फिफा वर्ष खेलाडी छान्दा फिफाको सदस्य राष्ट्रका कप्तान र प्रशिक्षकले भोट दिनुपर्छ ।
जसअनुसार रोनाल्डो र मेस्सी दुवैले लुका मोड्रिकलाई भोट दिएका छन् । मेस्सीले पहिलो मत नै मोड्रिकलाई नै दिएका छन् । उनले दोस्रो मत फ्रान्सका केलियन एम्बाप्पेलाई दिए भने तेस्रो स्थानमा रोनाल्डोलाई मत दिएका छन् ।
तर, रोनाल्डोले भने पहिलो नम्बरमा फ्रान्सका भारानेलाई मत दिएका छन् । उनले दोस्रो स्थानमा मोड्रिकलाई मत दिँदा तेस्रो स्थानमा ग्रीजम्यानलाई मत दिएको पाइएको छ ।

सन्दीप टी–१० लिगमा छनोट, को को छन् उनका टिम मेट ?करेला किंग्स मा आबद्ध भएका छन।

सन्दीप टी–१० लिगमा छनोट, को को छन् उनका टिम मेट ?

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका युवा लेग स्पिनर सन्दीप लामिछानेले व्यावसायिक करिअरमा एकपछि अर्को सफलता पाउने क्रम जारी छ । सन्दीप गत महिना मात्र अफगानिस्तान प्रिमियर लिगको नान्गहर टिममा आबद्ध भएका थिए । आइसिसी एसोसिएट नेसन्स क्याटागोरीमा रहेका सन्दीप १५ हजार डलरमा आबद्ध भएका थिए ।
    सन्दीप सोमबार अर्को फेन्चाइज लिग टी–१० लिगमा आबद्ध हुन सफल भएका छन् । युएईको व्यासायिक लिग टी–१० लाई इमिरेट्स क्रिकेट बोर्ड र अन्तर्राष्ट्रियक क्रिकेट काउन्सिलले मान्यता दिएको छ । लिगमा रहेका ८ टिम मध्ये सन्दीपलाई केरला किंग्सले किनेको हो । केरलाले सन्दीपलाई ३० हजार अमेरिकी डलर (३४ लाख ८३ हजार रुपैयाँ) दिनेछ ।
    सन्दीप आबद्ध टिममा इंग्ल्यान्डका इयान मोर्गान कप्तान छन् । जहाँ वेस्ट इन्डिजका क्रिस गेल, केइरन पोलार्डदेखि पाउल स्टर्लिङ, पाकिस्तानका जुनाइद खान र श्रीलंकाका निरोशन डिकवेला छन् ।  टी–१० लिग आगामी मंसिर ७ देखि १६ गतेसम्म शारजाह क्रिकेट मैदानमा हुनेछ ।
    लिगमा केरलासहित माराथा अरेबियन्स, पाख्तून्स, पन्जाबी लिजेन्ड्स, कराचियन्स, बेङ्गाल टाइगर्स, नर्थन वारियर्स र राजपुतस् छन् । लिगमा १० ओभरको एक इनिङ हुने र खेल ९० मिनेटमा सकिने नियम छ । लिगको दोस्रो संस्करण हो ।
    योसँगै सन्दीपले पाँचौ विदेशी फ्रेन्चाइज लिग खेल्ने भएका छन् । यसअघि सन्दीपले भारतको आइपिएल, क्यानडाको ग्लोबल टी-२० र वेस्ट इन्डिजको सिपिएल खेलेका थिए । अफगानिस्तान प्रिमियर लिग भने खेल्न बाँकी छ । सन्दीप बंगलादेशको बिपिएल र पाकिस्तानको सिएसएलको ड्राफ्टमा परेपनि छनोट हुन असफल भएका थिए ।

    रोनाल्डो र बेललाई उछिन्दै सालाहले जिते ‘उत्कृष्ट गोल’को अवार्ड, यस्तो थियो उनको गोल।



    फिफाले दिने वर्षको सर्वोत्कृष्ट गोलको अवार्ड इंग्लिस क्लब लिभरपुल तथा इजिप्टका कप्तानसमेत रहेका मोहमद सालाहले जितेका छन् । सन् २०१८ का लागि उनको गोललाई फिफाले वर्षको सबैभन्दा उत्कृष्ट गोलका रूपमा पुरस्कृत गरेको हो ।
    उत्कृष्ट गोलबाट फिफाको पुस्कास अवार्ड जितेका सालाहले उक्त गोल गत वर्ष एफए कपमा एभर्टनविरुद्ध गरेका थिए । उत्कृष्ट गोलका लागि प्राप्त भएको मतमध्ये सबैभन्दा बढी सालाहले ३८ प्रतिशत मत पाएका थिए ।
    उत्कृष्ट गोलका लागि कूल ५ करोडभन्दा बढी मत खसेको फिफाले जनाएको थियो । उत्कृष्ट गोलको अवार्डका लागि पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र वेल्सका ग्यारेथ बेल पनि मनोनयमा परेका थिए । तर, उपाधि भने सालाहको गोलले जित्यो ।
    पुस्कास अवार्ड जित्ने सालाहको गोल यस्तो थियो :

    भागेश्वर एकेडेमी फर हेल्थ साइन्सका बिद्यार्थीले आज world pharmiscits day मनाएका छन।

    धनगढी अशोज९
    आज सेप्टेम्बर 25 अर्थात "World Pharmacists Day "
    Pharmacists are your medicine experts " (अर्थात औषधी विज्ञ भनेको फार्मासिष्ट हुन)
    भन्ने नाराका साथ मनाइएको छ । भागेश्वर एकेडेमी फर हेल्थ साइन्सको Diploma in Pharmacy Students Association of Nepal (DPSAN-डिप्सन) को आयोजनामा विश्व फार्मासिष्ट दिवस मनाइएको छ। भागेश्वर एकेडेमीले कलेज प्राङ्गणबाट र्याली निकाल्दै जिल्ला प्रशासन कार्यालयसम्म र सेती अञ्चल अस्पतालमा रहेका बिरामीहरूलाई फलफूल वितरण गर्दै दिवस मनाएको हो । धन्यवाद!!!
    #WorldPharmacistsDay2018
    #September25
    #DPSAN

    प्रचण्डले भने सरकारले राम्रो काम गर्न सकेन अब हामी सिद्धिन्छौ।के साचै सिद्धिन्छ होला त।

    काठमाण्डू अशोज९

    प्रचण्डले भने सरकारले राम्रो काम गर्न सकेन अब हामी सिद्धिन्छौ

    काठमाडौ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले परिणाम देखिने गरी काम नगरे हामी सिद्धिने स्थीतिमा पुग्छौ त्यसकारण पनि काम गर्नुको विकल्प नरहेको बताए ।
    स्थानीय तहदेखि केन्द्रसम्म नै धेरै जनताको सर्मथनप्राप्त सरकार रहेको बेलामा पनि काम गर्न नसकिए सकिने खतरा हुने टिप्पणी गरे ।
    जिल्ला समन्वय समिति चितवनको दोस्रो जिल्ला सभाको उद्घाटन सत्रलाई सम्वोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘विकास निर्माण र रचनात्मक काममा प्रतिपक्षले पनि सहयोग गर्छु भनेको छ, तलदेखि माथिसम्म नै हाम्रो सरकार छ, यतिबेला गर्न नसके दोष कसलाई दिने ?’ जनताले दिएको विश्वास अनुसार सबैै सरकारहरुले जिम्मेवारीपूर्वक काम गर्नुपर्ने अध्यक्ष उनको भनाइ छ ।
    ‘हामीले काम गर्न सकेनौं भने जनताले हामीलाई पत्याइदिरहनु पर्दछ भन्ने आवश्यकता छैन, जनताले विकल्प खोज्छन्’ अध्यक्ष प्रचण्डले अगाडि थपे, ‘यो त कम्युनिष्ट पार्टीका लागि निकै दुर्भाग्यको विषय हुन्छ ।’
    हरेक स्थानीय तहले प्राथमिकता निर्धारण गरेर हरेक बर्ष गर्ने कामको योजना बनाउने र जनतालाई यथार्थ विषयका बारेमा जानकारी दिन सक्नुपर्ने उनको भनाइ छ ।
    फरक प्रसंगमा प्रचण्डले चीन, भारत र नेपाल मिलेर संयुक्त रुपमा ठूला परियोजनाहरु निर्माणका लागि अहिलेको समय अनुकुल भएको बताए ।
    ‘हामीले १२र१५ हजार मेगवाटका ठूला विद्युत परियोजनाहरु निर्माण गरी अन्तर्देशीय सम्बन्धलाई मजवुत बनाउन सक्छौं, अब हाम्रो ध्यान यता जान जरुरी छ’ अध्यक्ष प्रचण्डले भने ‘अब एक्सनमा जाने बेला भएको छ ।’
    सरकारको अधिनायकवादी शैलीलाई रोक्नु पर्छ देउवा
    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार अधिनायकवाद उ शैलीमा अघि बढिरहेको टिप्पणी गरेका छन । सरकारको उक्त शैलीलाई असफल बनाउन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन समेत दिएका छन् ।
    मुलुकलाई सबै खालको अन्यायबाट मुक्त बनाउन कांग्रेस बलियो शक्तिको रुपमा स्थापित हुन जरुरी रहेको भन्दै देउवाले राष्ट्रिय हितका लागि पार्टीको स्वार्थ अनुकुल अघि बढ्न पनि नेता, कार्यकर्तालाई आहृवान गरे ।
    पार्टीको विधान संशोधन प्रारिम्भक मस्यौदामा सुझाव संकलनका लागि सोमबार पार्टी कार्यालय सानेपामा आयोजित प्रदेशस्तरीय भेलामा उनले राष्ट्रलाई सबै खालको अन्यायबाट मुक्त गराउने कामको नेतृत्व लिने बेला पार्टीका नेता, कार्यकर्ताहरु विगतमा अलमलिएर बस्न नहुने पनि स्पष्ट पारे । सभापति देउवाले मुलुकका लागि अत्यन्तै राम्रो संविधान बनाउने नेतृत्व लिएको कांग्रेसले पार्टीको विधान पनि राम्रो बनाउनुपर्ने आवश्यकता पनि औंल्याए ।
    सभापति देउवाले संविधानलाई आधार बनाएर पार्टीलाई बलियो बनाउने गरी विधान संशोधन प्रस्ताव तयार पार्न पनि विधान संशोधन मस्यौदा समितिलाई आग्रह गरे । पार्टीको विधान संशोधन मस्यौदा समितिले तयार पारेको प्रारम्भिक मस्यौदामाथि सोमबारदेखि सुझाव संकलनको काम सुरु गरिएको हो ।
    विधान संशोधन मस्यौदालाई अन्तिम रुप दिन कांग्रेसले प्रदेश स्तरीय छलफल सुरु गरेको हो । प्रदेशबाट आउने छलफलपछि त्यसलाई अन्तिम रुप दिने समितिका संयोजक एवम् कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए ।
    विधान संशोधन प्रारम्भिक मस्यौदामा निर्वाचन समिति, अनुशासन समिति, सक्रिय सदस्य छानबिन समितिलगायतका समितिहरु पनि प्रस्ताव गरिएको छ । समितिले तयार पारेको विधान संशोधन मस्यौंदालाई कांग्रेसको मंसिरमा आयोजना हुने महासमिति बैठकले छलफल गरी अनुमोदन गर्नेछ ।

    "पाडे" लाई जन्मदिन को लाखौ लाख शुभकामना।सबैले दिउ सुभकामना।

    अशोज९
    काठमाण्डू
    भद्रगोल का कलाकार, लेखक, निर्देशक अर्जुन घिमिरे "पाडे" लाई जन्मदिन को लाखौ लाख शुभकामना।
    सबैले सुभकामना दिउ।।।

    Wednesday, September 19, 2018

    संबिधान दिवसको उपलक्ष्यमा दिप प्रज्जोलन कार्यक्रम निम्न स्थान मा हुन गईरहेको । धनगढी दारी ग्याङ्ग ले आयोजना गरेको छ र सबैलाई आउन अरहवान गरेको छ।

    अशोज३
    धनगढी कैलाली
       
                संविधान दिवसको उपलक्ष्यमा दिप प्रज्जोलन कार्यक्रम निम्न स्थान मा हुन गईरहेको ले उपस्थिति को लागि हार्दिक अनुरोध गर्दछौं ।

    आयोजक
    दारी ग्याङ धनगढी
    स्थान :- पार्क मोड धनगढी
    मिति:- २०७५/०६/०३
    समय:- साझ ६:३० बजे  

    Monday, September 17, 2018

    Messi र Ronaldo बिच ८ फरक प्रसंग । अनि तपाई messi र ronaldo लाई कसरी छुटाउनु हुन्छ।

    अशोज १
    यो सबै fan हरुले भने का हुन हामीले होइनौ।
    के यो साचो हो त।
    1: न Roanldo ले Messi को जस्तो heading goal हान्न सक्छ😂😂
    2: न Ronaldo ले Messi को जस्तो long shot goal हान्न सक्छ😂😂
    3: न Ronaldo ले Messi को जस्तो bicycle goal हान्न सक्छ😂😂
    4: न Ronaldo ले Messi को जस्तो long range freekick हान्न सक्छ 😂😂
    5: न Ronaldo ले Messi को जस्तो back heel goal हान्न सक्छ😂😂
    6: न Ronaldo ले Messi  को जस्तो skill हरु देखाउन सक्छ😃😂
    7: न Ronaldo सँग Messi को जस्तो skill हरु छ😂a
    8: न Ronaldo लाई dribbling गर्न नै आउछ 😂😂
      येउटा तेइ international trooy रैछ बामे सङ त्यो पनि कहिलै काम लाग्ने छैन😆😆
    बेकार मा क्लब छोड़ूवा सङ Messi को compare गर्छन Messi king हो king club छोडुव सङ king दाज्न मिल्दैन😌😌
    यो सबै हामीले लेखेका होइनौ यो सब fan हरुले भनेका हुन soo तपाई हरु लाई के लाग्छ।

    धनगढी जेसिजले सुरु गरेको ‘जेसिज सप्ताह २०१८’ अन्तर्गत तेस्रो दिन "Support To Sahara Ghar Bauniya"मा कार्यक्रम सम्पन्न गरिएको थियो।

    अशोज१
    धनगढी कैलाली : धनगढी जेसिजले सुरु गरेको ‘जेसिज सप्ताह २०१८’ अन्तर्गत तेस्रो दिन समबार 

    "Support To Sahara Ghar Bauniya"मा सहयोग कार्यक्रम गरीएको छ ।  

                      “मानवता को सेवा जिवनको सर्वत्वम कार्य हो”
    धनगढी जेसीस को जेसीस सप्ताह अन्तर्गत आज तेस्रो दिन support to Sahara ghar Bauniya कार्यक्रम मा सहयोगी हातहरु प्रती धन्यवाद तथा आभार व्यक्त गर्दछु।।   कार्यक्रम संयोजक   JC Binod thapa जी ले भन्नु भएको छ।    साथै सबैलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो।                            जेसी बिनोद थापा
     (कार्यक्रम संयोजक)

    अरु थप कार्यक्रम तल हेर्नुहोस्।

    सहयोगी हातहरु-The Helping Hands ले मनाये पृथ्वी जयन्ती धनगढ़ीको पार्क मोडमा।Kuri Gang

     #२८९ औं पृथ्वी जन्मजयन्ती 🙏 #राष्ट्रीय एकता दिवस ०७६✊✊🇳🇵🇳🇵 #पुस २७❤️ #Change Begin from ownself #The सहयोगसहयोगी हातहरू-The H...